काठमाडौं । नेपालको बैंकिङ क्षेत्रलाई आधुनिक र ग्राहकमैत्री बनाउने यात्रामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड निरन्तर अग्रसर छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको सिटिजन्स बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको वाणिज्य बैंक हो । मजबुत व्यवस्थापन, सुदृढ वित्तीय संरचना र सेवा–नवप्रवर्तनमा देखाएको प्रतिबद्धताका कारण सिटिजन्स बैंकले आफ्नो पहिचानलाई जनमैत्री, पारदर्शी र डिजिटल भविष्यमुखी बनाउन सफल भएको छ ।
बैंकले देशभर फैलिएका शाखा तथा एटीएम बुथमार्फत दूरदराजसम्म वित्तीय पहुँच विस्तार गरेको छ, जसले ग्रामीण भेगका आम नागरिकलाई बैंकिङ सेवासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ । डिजिटल बैंकिङमा यसको लगानी उल्लेखनीय छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि क्याश–डिपोजिट मेशिन (सीडीएम) तथा क्यूआर–पेमेन्टजस्ता सेवाले ग्राहकलाई झन्झटरहित तरिकाले वित्तीय कारोबार गर्ने वातावरण प्रदान गरेका छन् ।
सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको डिजिटल बैंकिङ यात्रा हो । सिटिजन्स बैंकले नेपालको वित्तीय क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्दै डिजिटल सेवाहरूको विस्तार गरेको छ । हालै मात्र फोनपेको सहकार्यमा लञ्च भएको ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड हो । यसले डिजिटल भुक्तानीलाई सरल बनाएको छ । ग्राहकहरूले मोबाइल एपमार्फत स्थायी लेखा नम्बर विवरण अपडेट गर्न, ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न, शेयर आवेदन दिन र सीआरएन नम्बर प्राप्त गर्न सक्छन् ।
ग्राहक सेवा नै बैंकको पहिचान हुने विश्वासमा सिटिजन्स बैंकले ‘कस्टमर केअर’ प्रणालीलाई विशेष प्राथमिकता दिएको छ । सेवामा आएको कुनै पनि चुनौती वा असुविधालाई तुरुन्त समाधान गर्ने संस्कृतिले बैंकप्रतिको विश्वास बढ्दो छ । बैंकको क्रेडिट पोर्टफोलियो सन्तुलित, जोखिम व्यवस्थापन उत्कृष्ट र नियामक मापदण्ड अनुकूल रहँदै आएको छ, जसले यसको दीर्घकालीन स्थायित्वलाई अझ शक्तिशाली बनाएको छ ।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा फनि सिटिजन्स बैंक सक्रिय रहँदै आएको छ । शिक्षादेखि स्वास्थ्य, वातावरण संरक्षणदेखि वित्तीय साक्षरतासम्मका कार्यत्रममार्फत बैंकले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ । खासगरी वित्तीय पहुँच वृद्धि तथा उद्यमशीलता प्रवर्द्धनमा यसले खेलेको भूमिका उल्लेखनीय छ ।

सिटिजन्स बैंकले लघु तथा मझौला उद्यम (एसएमई) हरूलाई विशेष महत्त्व दिँदै आएको छ । बैंकले एसएमईहरूलाई आवश्यक पर्ने वित्तीय सहयोग, सल्लाह र अन्य सेवाहरू प्रदान गरेर रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याइरहेको छ ।

सिटिजन्स बैंकको सबैभन्दा ठूलो गुण भनेको ग्राहकप्रतिको विश्वास र सेवामा पारदर्शिता हो । बैंकले ग्राहकहरूको आवश्यकता र अपेक्षालाई बुझ्ने र तिनलाई पूरा गर्ने इमान्दार प्रयास गर्दै आएको छ । यसले ग्राहकहरूको विश्वास जित्न सफल भएको छ र बैंकमा ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

सिटिजन्स बैंकले आधुनिक बैंकिङ सेवा, ग्राहकमाथिको विश्वास र सामाजिक उत्तरदायित्वको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएको छ । प्रविधिसँग कदम मिलाउँदै, पारदर्शितामा दृढ भएर र सेवामा निरन्तर सुधार गर्दै बैंकले आगामी वर्षहरूमा अझ ठूलो फड्को मार्ने सङ्केत दिइसकेको छ ।

बैंकले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS