काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS