काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले पहिलो ६ ओभरमा विकेट नगुमाई ५४ रन बनाएको छ । कर्णालीबाट हाल क्रिजमा रहेका प्रियान्क पन्चालले ३६ र म्याक्स ओ‘डोडले १५ रन बनाएर खेलिरहेका छन् ।
एनपीएलमा यी दुई टिमले तेस्रोपटक प्रतिस्पर्धा गरिरहेका हुन् । प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो ।
कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
एनपीएल २ : चितवनले फिल्डिङ रोज्यो, कर्णालीले ब्याटिङ गर्ने

FACEBOOK COMMENTS