काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेको छ ।
नेप्से परिसूचक ०.१६ प्रतिशतले बढेर २५६६.०७ विन्दुमा बन्द भएको छ ।
यस दिन कारोबार रकम पनि बढेको छ । चार अर्ब १० करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज २०७ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । बुङ्गल हाइड्रो र सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सहास ऊर्जाको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ ।

यो कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेको छ ।

FACEBOOK COMMENTS