काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ ।
भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ । एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ। मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ ।
त्यस्तै प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दा लिएर एमाले अदालत जाँदैछ । मंगलबार बसेको विघटित संसदीय दल बैठकले अदालत जाने विषयमा तयारी र आवश्यक कार्य गर्न निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ ।
यसैबीच भदौ २४ गते आन्दोलनकारीबाट जलाएपछि एमाले बैठक पार्टी कार्यालयबाहिर बस्दै आएको थियो । सचिवालय बैठक प्राय: अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बस्ने गरेको थियो ।
आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय एमालेले पुनर्निर्माण गरिरहेको छ । अहिले पार्टीका नियमित काम पार्टी कार्यालयबाटै भइरहेको छ ।

FACEBOOK COMMENTS