काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट साउदी अरेबियालाई ’प्रमुख गैर–नेटो सहयोगी’ को दर्जा दिने घोषणा गरेका छन् ।
यो घोषणा साउदी राजकुमार मोहम्मद बिन सलमानको अमेरिकी भ्रमणमा रहेका बेला गरिएको हो ।
ट्रम्पले भनेका छन्– ’म हाम्रो सैन्य सहयोगलाई नयाँ स्तरमा लैजाँदैछौं भनेर घोषणा गर्न पाउँदा खुसी छु । हामी औपचारिक रूपमा साउदी अरेबियालाई ’प्रमुख गैर–नेटो सहयोगी’ तोक्दैछौं ।’
’प्रमुख गैर–नेटो सहयोगी’ बनेपछि अमेरिकाले साउदी अरेबियासँग सैन्य सहयोग बढाउनेछ, गुप्तचर जानकारी साझा गर्नेछ, र रक्षा प्रविधि र हतियारहरूमा सजिलो पहुँच प्रदान गर्नेछ । विश्वका २० देशहरूले मात्र यो मान्यता प्राप्त गरेका छन् ।
’प्रमुख गैर–नेटो सहयोगी’ को मान्यता पाउने देशमा अस्ट्रेलिया, इजिप्ट, इजरायल, जापान, न्यूजील्याण्ड, जोर्डन, अर्जेन्टिना, बहराइन, फिलिपिन्स, ताइवान, थाईल्याण्ड, कुवेत, मोरक्को, पाकिस्तान, ट्युनिसिया, ब्राजिल, कोलोम्बिया, कतार र केन्या रहेका छन् र अब सूचीमा साउदी अरेबिया थपिएको छ ।

FACEBOOK COMMENTS