काठमाडौं । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनाको मुद्दा लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ ।
हिजो मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो ।
साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा व्यवसायमा भएका व्यक्तिहरूलाई प्रतिनिधि सभा विघटन विरुद्ध उभिन आह्वान समेत गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेलाई चुनावको मिति घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS