काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आज बाराको सिमरा विमानस्थलमा भएको घटना कास्टिङ मात्रै भएको बताएका छन् ।
नेकपा एमालेका महासचिव र नेता महेश बस्नेतलाई पार्टीको कार्यक्रममा जान अवरोध गरिएपछि भण्डारीले सो कुरा बताएका हुन् । उनले यस्तो अवस्थामा फागुन २१ गते निर्वाचन हुन नसक्ने सङ्केत गर्दै कांग्रेसभित्रका चुनाव पक्षधरताहरूलाई वस्तुस्थितिको सही विश्लेषण गर्न सुझाव दिएका छन् ।
उनले भनेका छन्-
‘सिमरा घटना त कास्टिड–मात्र हो ! हाम्रो पार्टीभित्र पनि चुनाव, चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी !
– तर्क अदृश्य ।
– मित्र थाकी सके !
– विकल्पको खोजिमा छन !
– भोटो फटालेको उदाहरणले अहिले कामै गर्दैन।
– सिमरा घटना त कास्टिड–मात्र हो !!!
(घटना सुरू भयो– जुन कुरा केन्द्रीय समितिमा राखेको थिएँ ।)
FACEBOOK COMMENTS