काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जय किसान माध्यमिक विद्यालय, रौतहटका प्रधानाध्यापक संजय प्रसादसहित दुई जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
अख्तियारले प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहलाई शिक्षकको जागिर दिने भन्दै लिएको साढे ४ लाख नगदसहित पक्राउ गरेको थियो ।
सो विषयमा अनुसन्धान गर्दा उनीहरुले घुस रकम लिएको पुष्टि भएको बताउदै अख्तियारले दुवैलाई जनही साढे ४ लाख बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
FACEBOOK COMMENTS