काठमाडौं । नामी भिगो बोल्ड डिजाइन, स्मार्ट प्रविधि र दमदार फिचरहरूसहित आएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा विशेष बनाएको छ ।
बलियो र दमदार एसयूभी लूकले यसलाई सडकमा आकर्षक बनाउँछ । मस्कुलर डिजाइनले यसलाई आकर्षक मात्र बनाउँदैन, बलियो उपस्थिति पनि दिन्छ । पार्किङमा राखिएको होस् वा चलिरहेको अवस्थामा होस्, नामी भिगोले ध्यान तानिहाल्छ ।
नामी भिगोको सबैभन्दा खास पक्ष भनेको यसको सेग्मेन्ट–फर्स्ट फिचरहरू हुन्, जसले यात्रामा आराम र लक्जरी सुविधा थप्छन् । हेभन अर्थ टेलगेट यसको मुख्य आकर्षण हो, जसको विशेषता भनेको केवल एक टचले टेलगेट सजिलै खोल्न र बन्द गर्न सकिन्छ ।
यसमा वेलकम एण्ड मेमोरी सिट फङ्क्सन पनि छ, जसले तपाईंले सेभ गरिसकेको प्राथमिकताअनुसार सिटलाई स्वतः एड्जस्ट गर्छ र हरेकपटक व्यक्तिगत र आरामदायक ड्राइभको अनुभव प्रदान गर्दछ ।
त्यसबाहेक, अर्को उत्कृष्ट फिचरको रूपमा एक्सटेरियर स्पिकर पनि रहेको छ, जसको माध्यमबाट बाहिरै बसेर सङ्गीत सुन्न वा माइकिङ गर्न सकिन्छ, जुन आउटडोर गतिविधि वा पिकनिकका लागि एकदम उपयुक्त हुन्छ ।

साथै, ३ फास्टचर्जिङले गाडीलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्छ, जसले समय र ऊर्जा दुवै बचत गर्छ । यी इनोभेशनहरूका अतिरिक्त, नामी भिगोले आफ्नो सेग्मेन्ट–बेस्ट फिचरहरू पनि ल्याएको छ, जसले यसलाई अझै उन्नत र सुविधाजनक बनाउँछ । स्तर २ एडीएएसले लेन–किपिङ, एडाप्टिभ क्रूज कन्ट्रोल र कोलिजन अलर्ट जस्ता सुविधाहरू प्रदान गरेर सुरक्षा बढाउने काम गर्छ ।

वायरलेस चार्जिङले तारको झन्झटबिना नै फोन चार्ज गर्न सहयोग गर्छ, जबकि एडाप्टिभ हेडलाइट्सले सडक र ड्राइभिङ कन्डिशनअनुसार बत्ती स्वचालित रूपमा एड्जस्ट गर्छ र राति चलाउँदा अझ स्पष्ट भिजिबिलिटी दिन्छ । ३६०–डिग्री क्यामेराले गाडी वरिपरिको सम्पूर्ण दृश्य देखाउँछ, जसले पार्किङ वा ब्याक गर्ने कामलाई सजिलो र सुरक्षित बनाउँछ ।

हेडलाइट डिले–अफ फिचरले इञ्जिन अफ गरेपछि पनि केही समय बत्ती बलिरहन दिन्छ, जसले अँध्यारो ठाउँमा सुरक्षा बढाउन मद्दत गर्छ । त्यस्तै, इन्टेलिजेन्ट एसी सिस्टमले क्याबिनको तापक्रम स्वचालित रूपमा नियन्त्रण गर्छ, जसले प्रत्येक यात्रा सहज र रमाइलो बनाउँछ ।

नामी भिगो एउटै स्टाइलिश एसयूभीमा पावर, लक्जरी र इनोभेशनको संयोजन हो । यो एउटै प्याकेजमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि र भरपर्दो प्रदर्शन खोज्नेहरूका लागि बनाइएको हो । दमदार उपस्थिति र उत्कृष्ट फिचरहरूका साथ नामी भिगोले आफ्नो सेग्मेन्टका ग्राहकहरूको अपेक्षालाई नयाँ अर्थ दिएको छ ।
FACEBOOK COMMENTS