काठमाडौं । प्राध्यापक तथा राजनीतिक विश्लेषक युवराज सङ्ग्रौलाले जेन जीको नाममा भइरहेको तोडफोडलगायत गतिविधिमा संलग्नहरूलाई कारबाही गर्न सरकारलाई सुझाव दिएका छन् ।
पछिल्लो समय मुलुकमा हिंसा, तोडफोड र आगजनीका घटनाहरूले प्रश्रय पाउँदै गएको र त्यसले दण्डहीनता बढाउने चर्चा गर्दै उनले त्यस्ता घटनामा संलग्न जोकोहीलाई कारबाही गर्न सरकारलाई अनुरोध गरेका हुन् ।
‘हिंसा र तोडफोड अब त नेपालीको रगतमै उम्रीएजस्तो छ । सरकारलाई अनुरोध छ– जता पायो त्यतै जेज जीका नाममा तोडफोड गर्नेलाई अपराधमा सजाय गर,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यस्तै उनले चेतनबिहीन शिक्षाले मानिसलाई दृष्टिबिहीन मात्र होइन, हिंसाको प्रेमी पनि बनाउने बताएका छन् । हरेक दिन तोडफोड, हिंसा, अराजकता, गालीगलोज र श्रापको भाषाले उक्त कुराको पुष्टि गर्ने भन्दै उनले भनेका छन्, ‘चेतनबिहीन शिक्षाले मानिसलाई दृष्टिबिहीन मात्र होइन, हिंसाको प्रेमी पनि बनांउछ ।’
यस्तो छ, उनको भनाइ–

चेतनबिहिन शिक्षाले ‘मानिसलाई दृस्टिबिहिन मात्र होइन, हिंसाको प्रेमी पनि बनांउछ ।’
१. यो युग डिजिटल प्रतिस्पर्धाको युग हो, तर मेरो देशमा हेरेक बिहान तोडफोडका कहानी सुन्नुपर्छ ।
२. हरेक बिहान गालिगलौज र श्रापको भाषा सुन्नुपर्छ ।
३. अरु देशमा युवा बनाउदै छ्न हामी मारामार गर्दैछौँ । हामिलाई देश र बिकास चाहिएको छैन, बस सबैलाइ आफ्नो आफ्नो एकथान मानिस चाहिएको छ ।

सांचिकै नेपालीहरु दोग्ला नै हुन ?
दोग्लाप्रवृत्ति देशको एउटा समस्यानै रहेछ । अहिले तिनवटा समस्या नेपालमा गंभिर देखिएका छ्न ।
१. दोग्लापन नेपालीको पहिचान पो हो कि के हो ? नेपाली धेरै पढेलेखेका मानिसमा कुनै बिचार र अडानरहेनछ । राजनीतिक पार्टी खोल्ने बेलामा बकुल्लो पनि म हांस नै हुँ भन्दो रहेछ ।
२. नेपाली र अनुशासन भन्ने कुरा विपरीत कुरा रहेछ्न ।
३. हिसां र तोडफोड अब त नेपालीको रगतमै उम्रीएजस्तो छ ।
सरकारलाई अनुरोध छ ‘जतापायो तेतै जेन्जीका नाममा तोडफोड गर्नेलाई अपराधमा सजाय गर ।’

FACEBOOK COMMENTS