काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर(निर्वाचित जोहरन ममदानीबीचको ओभल अफिसमा भएको पहिलो भेटले सबैलाई आश्चर्य बनाएको छ ।
निर्वाचनको समयमा दुई नेताहरूले एकअर्कामाथि तीव्र राजनीतिक आक्रमण गरेका थिए, तर बैठकमा उनीहरूले शहरको बढ्दो मुद्रास्फीति, भाडा र दैनिक खर्च विरुद्ध संयुक्त कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिए र मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सबै आश्चर्यमा परेका छन् ।
राष्ट्रपति ट्रम्पले बैठक पछिको पत्रकार सम्मेलनमा न्यूयोर्कलाई सुरक्षित र बलियो बनाउन मद्दत गर्ने र आफ्ना धेरै एजेण्डा ममदानीको एजेण्डासँग मिल्ने बताए । उनले आफुले न्यूयोर्कको राम्रोको लागि मिलेर काम गर्ने र पुरा सहयोग गर्ने बताए ।
त्यस्तै ममदानीले राष्ट्रपति ट्रम्पसँग धेरै मतभेद रहेपनि यस भेटमा आफुहरुबीच भएका सहमतिका विषयमा मिलेर काम गर्ने विषयमा छलफल भएको बताए ।
राजनीतिक द्वन्द्व, साझेदारीका मुद्दाहरूमा ट्रम्पले पहिले ममदानीलाई ुकम्युनिस्ट पागलु जस्ता शब्दले आक्रमण गरेका थिए भने ममदानीले ट्रम्प प्रशासनलाई ुअधिनायकवादीु र आफूलाई ुट्रम्पको सबैभन्दा ठूलो शत्रुु पनि भनेका थिए ।

यसको बावजुद, दुई नेताहरूले आवास पहुँच र न्युयोर्कको बढ्दो महंगी घटाउने विषयमा छलफल गरेको बताएका छन् ।

खासगरी पत्रकार सम्मेलन शान्त र दुवैले शहरमा आवास निर्माण बढाउने, भाडा नियन्त्रण गर्ने र दैनिक मूल्य घटाउने जस्ता मुद्दाहरूको बारेमा कुरा गरेका थिए । ट्रम्पले भने( ुमानिसहरू छक्क पर्छन्, तर हामी दुवैले धेरै आर्थिक मुद्दाहरूको बारेमा एउटै दिशामा सोच्दछौं ।ु

ट्रम्प र मम्मदानी दुवैले मुद्रास्फीति र बढ्दो दैनिक मूल्यलाई आ(आफ्नो चुनावी जितमा मुख्य मुद्दा बनाए। यसरी, यो बैठक दुवैका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको थियो । ट्रम्पले राष्ट्रिय स्तरमा मुद्रास्फीतिलाई जोड दिइरहेका छन् र ममदानीले न्युयोर्कको महंगी घटाउने विषयलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।

FACEBOOK COMMENTS