काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय कांग्रेसले गरेको हो । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ ।
तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन समेत भनेको छ ।
जेन जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुन: कारागार ल्याउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेसका नेताहरू छन् ।

FACEBOOK COMMENTS