काठमाडौं । नेकपा (एमाले) को नवगठित स्वयमसेवी दस्ता नेशनल भोलेन्टियर्स फोर्सले जेन जीका नाममा हुने अराजकता अस्वीकार्य रहेको भन्दै त्यस्ता गतिविधि नरोकिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि आज विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले ऊक्त चेतावनी दिएको हो ।
घटनामा संलग्न व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ ।
शनिबार मात्रै सुदन गुरुङलगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की भन्दै यस विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।


FACEBOOK COMMENTS