काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ ।
त्रिवि खेलमैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेका छन् । कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।
FACEBOOK COMMENTS