काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित चलचित्र अगामी बैशाख ११ गते प्रदर्शन हुने भएको छ ।
निर्माण पक्षले परालको आगोको क्यारेक्टर पोष्टर सार्बजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरेको हो ।
चलचित्रका निर्माता सुशील पोखरेल रहेका ह्चन भने फिल्ममा सौगात मल्लसहित प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठको भूमिका रहेको छ ।
चलचित्र ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् । यो उनको पहिलो घरबाहिरको फिल्म हुने भएको छ । अर्कोतर्फ, प्रकाश सपुत चामेको भूमिकामा देखिनेछन् ।
लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन छिटै हुने निर्माण पक्षले जानकारी दिएको छ ।

सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलले छायांकन गर्नेछन् । गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत हुनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्म ‘परालको आगो’ मैनाली कथा पुरस्कार ट्रस्टको आधिकारिक अनुमति लिएर निर्माण हुन लागेको छ ।

FACEBOOK COMMENTS