काठमाडौं । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको हो ।
‘जेनजी’ आन्दोलनपश्चात् अन्तरिम सरकार आएपछि उनलाई पक्राउ गरिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको थियो ।
त्यसलाई बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
FACEBOOK COMMENTS