काठमाडौं । सिप्ला लिमिटेड (लोकप्रिय नाम सिप्ला)ले विश्व क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) दिवस २०२५ को अवसर पारी नेपालका विभिन्न शहरहरुमा सचेतना कार्यक्रम आयोजना गरेको छ ।
‘श्वास फेर्न गाह्रो सीओपीडी हुनसक्छ’ भन्ने नाराका साथ स्वास्थ्यकर्मीहरु सर्वसाधारणको घरआँगनमै पुगी रोगबारे सचेतना जगाउने, समयमै जाँच गराउने तथा गाइडलाइनमा आधारित व्यवस्थापन सिप्लाले उपलब्ध गराउने भएको छ ।
कठमाडौंमा सिप्लाले ६०० जनाभन्दा बढी व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीहरुलाई सीओपीडीको जोखिम मापक गणना र अन्तरक्रियात्मक उपकरणको प्रयोगसम्बन्धी जानकारी गराएको थियो । यस्तै राजधानीकै ह्याम्स अस्पतालमा पनि पीएमडीआई, डीपीआई र नेबुलाइजरहरुको सही प्रयोग कसरी गर्ने भन्ने तालीम दिइएको थियो ।
सिप्लाले अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रसेवकहरुलाई पनि तालीम दिएको थियो । तीमध्ये वीरगञ्जका १५० जना ट्राफिक प्रहरीहरुलाई यस्तो तालीम दिइएको हो । ट्राफिक प्रहरीजस्ता राष्ट्रसेवकले उच्च प्रदूषण हुने वातावरणमा रहेर निरन्तर खटिनुपर्ने भएकाले उनीहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या हुने उच्च जोखिम हुन्छ ।
यसका अतिरिक्त वीर अस्पतालले निकट भविष्यमा सीओपीडी व्यवस्थापनसम्बन्धी विभागस्तरीय उपकरण प्रदर्शन गरी प्रत्यक्ष रुपमा यसबारे जानकारी गराउने भएको छ ।
यति मात्र होइन, आउँदो डिसेम्बर महिनाभरि चिकित्सकहरुका लागि ब्रिदफ्री क्याम्पहरु र कन्टिन्यूइङ मेडिकल एडुकेशन (सीएमई) जस्ता कार्यशालासमेत आयोजना गरिने भएको छ ।

यो तालीमले सीओपीडी व्यवस्थापनका नयाँ नियमहरुबारे चिकित्सकहरु जानकार हुनेछन् । कम्पनीले नेपालभरि सीओपीडी ट्राइएडजस्तो केस–बेस (घटनामा आधारित) कार्यशाला र लक्षित उपकरण प्रदर्शन तालीमहरु प्नि आयोजना गर्नेछ ।

यो कार्यक्रमले पाँच हजारभन्दा बढी सर्वसाधारण र एक हजार पाँच सय चिकित्सक तथा पारामेडिक लाभान्वित हुने अपेक्षा गरिएको छ । यो केस बेस तालीमले सिओपीडी हेरचाहका क्रममा पूर्व डाइग्नोस, क्लिनिकल म्यानेज्मेट र रोगीलाई यसबारे शिक्षित (जानकार) बनाउन निकै फलदायी हुने छ । यस अभियानका बारेमा बोल्दै सिप्लाका प्रमुख कार्यकारी– इएमइयु स्वपन मालपानीले भन्नुभयो, ‘सिप्लामा, हामीले गर्ने कामका लागि श्वासप्रश्वास हेरचाह आधारभूत छ र ‘जीवनको हेरचाह’ भन्ने हाम्रो उद्देश्यद्वारा निर्देशित छ ।

सीओपीडी प्राय: बेवास्तामा पर्ने गरेको छ (चिनिदैन) तर समयछँदै जाँच गर्दा रोगीको जीवनमा अर्थपूर्ण भिन्नता ल्याउँछ । नेपालभरि चल्ने यी अभियान रोगीको श्वासप्रश्वासलाई सहज बनाउनका लागि तयार गरिएको मात्र छैन कि सीओपीडी व्यवस्थापनबारे स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र आत्मविश्वासलाई सशक्त बनाउन, देशको श्वासप्रश्वास स्वास्थ्यलाई दीर्घकालीन रुपमा उन्नत बनाउन सघाउन पनि भूमिका खेल्छ । देशभरि नै यस्ता पहलहरुमार्फत सिप्लाले नेपालको श्वासप्रश्वास स्वास्थ्यको क्षेत्रमा मात्र होइन नेपालको शिक्षा, सशक्तीकरण र रोगीहरुमा उम्दा परिणाम ल्याउन पनि अग्रगामी भूमिका खेलिरहेको छ ।

FACEBOOK COMMENTS