काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९२४.३७ अमेरिकी डलर र चाँदी ४९.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
