काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ ।
ललितपुरको पुल्चोकस्थित दमकल नजिक रहेको उक्त स्टोरको उद्घाटन २०२६ नोभेम्बर १ (२०८३ कात्तिक १५ गते) मा इन्फिनिक्स नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरे ।
उद्घाटन समारोहमा इन्फिनिक्सका प्रतिनिधिहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहले नेपाली बजारमा इन्फिनिक्सको बढ्दो लोकप्रियता र नेपाली उपभोक्तामाझ आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप उजागर गरेको छ।
नवनिर्मित इन्फिनिक्स ब्रान्ड स्टोर ग्राहकहरूलाई नयाँ र विशेष ब्रान्ड अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। यस स्टोरमा ग्राहकहरूले इन्फिनिक्सका पछिल्ला स्मार्टफोनहरू प्रत्यक्ष रूपमा हेर्न, तिनमा उपलब्ध नयाँ प्रविधिहरूको अनुभव लिन तथा आफ्नो आवश्यकताअनुसार उचित परामर्श प्राप्त गर्न सक्नेछन् । आकर्षक डिजाइन, आधुनिक प्रविधि र दमदार कार्यक्षमतासहितका इन्फिनिक्सका विभिन्न स्मार्टफोनहरू एउटै छानामुनि उपलब्ध हुनेछन्।
नेपालकै पहिलो इन्फिनिक्स ब्रान्ड स्टोरको सञ्चालनले नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ब्रान्डका नयाँ उत्पादन तथा प्रविधिहरू ग्राहकहरूमाझ सहज रूपमा पु–याउने इन्फिनिक्सको योजनालाई थप गति दिनेछ । यस स्टोरमार्फत ग्राहकहरूले स्मार्टफोनका विशेषताहरू प्रत्यक्ष रूपमा बुझ्न र आफ्नो आवश्यकता तथा रुचिअनुसार सही उत्पादन छनोट गर्न सक्नेछन् ।

यस महत्वपूर्ण उपलब्धिसँगै इन्फिनिक्सले नेपालभरका प्रविधिप्रेमी तथा स्मार्टफोन प्रयोगकर्ताहरूसँग अझ नजिकको सम्बन्ध स्थापित गर्दै नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रयोग अनुभवलाई सबैको पहुँचमा पु–याउने आफ्नो यात्रालाई निरन्तरता दिने विश्वास लिएको छ ।
