काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको हो ।
भारतले दिएको ३५० रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४९.२ ओभरमा अल आउट हुदै ३३२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि माथ्यु ब्रीटकेले सर्बाधिक ७२, मार्को जानसेनले ७०, कोर्बिन बोचले ६७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर कुलदीप यादवले सर्बाधिक ४ विकेट लिए भने हर्षित रानाले ४, अर्शदीप सिंहले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्बाधिक १३५ रन बनाएका थिए । कोहलीले ५२औं एकदिवसीय शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६० रन बनाएका थिए भने रोहित शर्माले ५७ रन र रविन्द्र जडेजाले ३२ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका मार्को जानसेन, नान्द्रे बर्गर, कोर्बिन बोस्च र ओटेनेइल बार्टम्यानले २(२ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिजमा १(० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेलमा डिसेम्बर ३ मा हुदैछ ।

FACEBOOK COMMENTS