काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाह अस्पताल भर्ना भएका छन् ।
शाहलाई हिजो आइतबार बिहानै अस्पताल पुर्याइएको थियो । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पताल स्रोतका अनुसार शाहको अवस्था गम्भीर छ । पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको छ । साथै मस्तिष्कमा पनि असर देखिएको छ ।
अहिले उनी अचेत अवस्थामा रहेको स्रोतले जनाएको छ । मेयर बालेनका बुवालाई भेट्न प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन् ।
उनी सोमबार बिहान १० बजे अस्पताल पुगेकी थिइन् ।

FACEBOOK COMMENTS