काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको सोमबार आजै अन्त्येष्टि गरिने भएको छ ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ ।
परिवारले शुभेच्छुक, इष्टमित्र तथा आफन्तजनलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा उपस्थित हुन अनुरोध गरेको छ ।
आजै हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिने बालेनको सचिवालयले जनाएको छ ।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।

यो पनि


FACEBOOK COMMENTS