जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयक निमित्त सचिव शत्रुघन यादवले जानकारी दिएका छन् ।
त्यस्तै प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए ।
यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् ।
अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढेको छ ।



FACEBOOK COMMENTS