काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
काठमाडौँका लागि बेन चार्लेजवर्थले सर्बाधिक ६४ रन बनाएका थिए भने भीम सार्कीले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५५ रन बनाएका थिए ।
त्यस्तै मिलिन्द कुमारले १३ रन बनाएका थिए । त्यसैगरी पोखराका बलरधनन्जय लक्शानले ४ विकेट लिए भने कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS