बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले क्षेत्र नम्बर ३ बाट खाणसहित ६ जनाको नाम सिफारिस गरेको हो । समितिले प्रत्यक्षमा खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ । त्यस्तै रुपन्देही–५ बाट संस्थापन पक्षले भारत शाहको एकल नाम सिफारिस गरेपछि विवाद भएको छ ।
संस्थापन इतर पक्षले शाहको मात्र नाम सिफारिस गरिएको प्रति विरोध गर्दै उनीहरुले विष्णु पोखरेल, कमल प्रकाश भुसाल र लिला कुमारी पौडेलको नाम सिफारिस गरि केन्द्रमा पठाएका छन् । इतर पक्षबाट सिफारिश भएका पोखरेल र भुसाललाई संस्थापन पक्षले यसअघि कारवाही गको थियो ।
FACEBOOK COMMENTS