काठमाडौं, साउन २७ – वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएका अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितहरु चारजना बाराका र ६६ जना पर्साका विभिन्न वडाका छन् ।
संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेको उपाध्यायले जानकारी दिए । नेसनल मेडिकल कलेजका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS