डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिश सांगीतिक प्रतियोगिता द स्ट्रिंग को पहिलो राउण्ड सम्पन्न भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाउनु भएको छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो । छिटै सम्पुर्ण सहभागीहरु मध्य बाट १० जना छनौट हुँदैछन् । अव यो सांगीतिक प्रतियोगीताको दोस्रो चरणमा हामी प्रवेश गर्दै छौ ।
सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गर्नुहुनेछ । निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहनुभएकोछ । दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।
यस प्रतियोगीतामा सहभागीहुन ईच्छुक तर कारणवस सहभागीता जनाउन सक्नुभएको छैन भने विभिन्न समयमा डिशहोमले संचालन गर्ने क्विज ,गेम्सहरु मार्फत डिशहोम संग जोडिन सक्नुहुनेछ ।
FACEBOOK COMMENTS