काठमाडौं । चर्चित गायिका तथा मोडल ज्योती मगर पनि नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छिन् ।
उनी एक जना उम्मेदवारको प्रचार सामग्री बोकेर तीव्र प्रचारमा उत्रिएकी छिन् । उनले केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङको प्रचार सामग्री बोकेकी छिन् ।
गुरुङ आदिवासी जनजाति खुला क्लस्टरबाट केन्द्रीय सदस्य पदको उम्मेदवार हुन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न मतदान हुँदैछ भने अहिले उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।
FACEBOOK COMMENTS