काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको आज मतदान हुदैछ । यसक्रममा उम्मेद्वारी दर्ताको अन्तिम नामावली प्रकाशन हुदा ११ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्बिरोध निर्वाचित हुनेमा लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । लुम्बिनीबाट तीन महिला निर्वाचित हुनुपर्नेमा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
त्यस्तै मधेश प्रदेशबाट अमरकुमार यादव र समावेशी मुस्लिम महिलाबाट खाजिदा खातुन सिद्दिकी निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मुनीको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबारदेखि शुरु भएको एमालेको ११औं महाधिवेशनको आज ४ बजेदेखि मतदान हुदैछ । यस नेतृत्व चयन प्रक्रियामा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
FACEBOOK COMMENTS