नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुकी ८ बजेभित्र मतदानस्थल प्रवेश गर्नेले मात्रै मत दिन पाउने भएका छन् ।
पुन: महासचिव बन्न जारी ११औँ महाधिवेशनमा चुनावी मैदानमा उत्रिएका शंकर पोखरेलले मतदानका लागि भित्र प्रवेश गर्न समय तोकिएको जानकारी दिएका हुन् ‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ।
कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ,’ पोखरेलले फेसबुकमा लेखेका छन् । दुई हजार २६२ प्रतिनिधिमध्ये करिब आठ घण्टामा आठ सयजनाले मात्रै मतदान गरेका छन् ।
महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो ।
FACEBOOK COMMENTS