काठमाडौं । सामाजिक सञ्जालमा चर्चित रहेका पत्रकार राजीव खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका छन् ।
केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका उनी आज औपचारिकरुपमा रास्वपामा प्रवेश गरे । पत्रकारितामा छँदै रास्वपाप्रति सदासयता राख्दै आएका खत्रीले सभापति रवि लामिछानेसँग कारागारमा दुईपटक छलफलपछि पार्टी प्रवेश गरेका हुन् ।
उनको पार्टी प्रवेश कार्यक्रममा रास्वपाको कार्यालय घन्टीघरमा निकै भिडभाड भएको थियो । पार्टीका शुभेच्छुक र सञ्चारकर्मीको बाक्लो उपस्थितिबीच रास्वपाका नेताहरुले उनलाई ब्याच लगाइदिएर पार्टीमा स्वागत गरे ।
FACEBOOK COMMENTS