काठमाडौं । नेकपा एमालेको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मेसिनबाट चिप्स निकाल्ने काम सकिएसँगै मतगणनाको काम सुरु भएको हो । आयोगका अनुसार, ८० वटै मेसिनबाट चिप्स निकालिसकिएको छ ।
करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।
बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।
FACEBOOK COMMENTS