काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्मह*त्या प्रयास गरेकी युवतीको उपचार भइरहेको छ ।
प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको हो ।
करिब ३० वर्षीया युवतीले बिहीबार आत्मह*त्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्दार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्मह*त्याको प्रयास गरेको स्रोतले बताएको छ । अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।
FACEBOOK COMMENTS