काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको पाँचौ खेल ३० रनले जितेसँगै सिरिज ३–१ ले जितेको हो ।
शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गर्दै भारतले तिलक वर्मा र हार्दिक पाण्ड्याको अर्धशतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो र खेल ३० रनले हारेको थियो ।
यसअघि भारतले पहिलो टी–२० (१०१ रन) र तेस्रो टी–२० (७ विकेट) जितेको थियो भने दक्षिण अफ्रिकाले सिरिजको दोस्रो खेल ५१ रनले जितेको थियो । त्यस्तै लखनऊमा खेलिने तय भएको चौथो टी–२० बाक्लो कुहिरोका कारण रद्द गरिएको थियो ।
FACEBOOK COMMENTS