काठमाडौं । रास्वपाको सभापति रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन् ।
हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटीमा केहीबेरमा विशेष सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए। लामिछानले हिजै चितवन पुगिसकेका छन् ।
चितवनमा सम्बोधन गरेलगत्तै १:५० को बुद्ध एयरको विमानबाट काठमाडौं आउने उनले बताए । उनले भने, ‘आजै काठमाडौं आएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ ।
भोलि दिउँसो ३ बजे सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।
बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– ’सभापतिज्यू आज १:५० को फ्लाइटबाट काठमाडौँ आउनुहुनेछ । करिब २:१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ ।

FACEBOOK COMMENTS