नेकपा (एमाले) का नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदा उनकी श्रीमती सनुजा श्रेष्ठ पक्राउ परेकी छन् । प्रहरी वृत्त,सोह्रखुट्टेबाट खटिएको टोलीले उनलाई भर्खँरै नियन्त्रणमा लिएको हो ।
युवतीको चरित्रहत्या गरेको आरोपमा गत भदौमा समातिएका महर हाजिरी जमानीमा छुटेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत मंसिर २१ गते साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।
सोही आदेशबमोजिम पक्राउ परेका उनलाई न्यायाधीश उमानाथ गौतमको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अस्कल क्याम्पसको उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री महरकी श्रीमतीलाई पनि सोही कसुरमा नियन्त्रणमा लिइएको हो ।
FACEBOOK COMMENTS