काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको हो ।
संस्थाले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने जनाएको छ ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको । संस्थाको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५ः६१ रहेको थियो । यसमा संस्थापक र सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
एफपीओमा पुस २१ देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ५ गतेसम्म दिन सकिने छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

FACEBOOK COMMENTS