काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्डबीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ । विगत १८ वर्ष देखि आफ्नो कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित यस होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् ।
यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको रहेको छ ।
FACEBOOK COMMENTS