काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक केही घण्टा ढिलो गरी सुरू भएको हो ।
बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेको बैठक कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसिरहेको छ ।
FACEBOOK COMMENTS