काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेन जी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘आजको बैठकमा उहाँ (लेखक) लाई छानबिन आयोगले पत्र काटेको विषयमा कुरा उठेको थियो । नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभयो,’ प्रवक्ता डा.महतले भने ।
FACEBOOK COMMENTS