काठमाडौँ । जापानको शिजुओका प्रिफेक्चरको एक कारखानामा कामदारहरूमाथि चक्कु आक्रमण भएको छ । शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १४ जना घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, घटना मिशिमा शहरको योकोहामा रबर मिशिमा प्लान्टमा भएको हो । कम्पनीका एक अधिकारीले आक्रमणकारीले पाँचदेखि छ जनालाई धारिलो हतियारले आक्रमण गरेको र कारखाना परिसर वरिपरि तरल पदार्थ छर्केको बताएका छन् । प्रहरीले संदिग्ध आक्रमणकारीलाई हिरासतमा लिइएको र मुद्दाको अनुसन्धान भइरहेको बताएको छ ।
जापानको सार्वजनिक प्रसारक एनएचकेले प्रहरी र अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै कुल १४ जनालाई उपचारको लागि अस्पताल लगिएको बताएको छ । घाइतेहरूको अवस्थाको बारेमा कुनै स्पष्ट जानकारी दिइएको छैन ।
FACEBOOK COMMENTS