काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोट्टीङघमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा तिजानी रेजिन्दर्स र रयान चेर्कीले एक एक गोल गरेका थिए । त्यस्तै नोट्टीङघमका लागि ओमारी हचिनसनले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ४० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी नोट्टीङघम फरेस्टको १८ खेलमा १८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS