काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा. निकोलस भुसाल को जीवनरक्षाको माग गरेको छ ।
यही पुस ८ गतेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको संघले जनाएको छ ।
“हरेक नेपालीको स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा. भुसालको जीवनरक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

FACEBOOK COMMENTS