काठमाडौं, श्रावण २९ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १३८ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
यस्तै बिहीबार थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।
बुधबार मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएको थियो।यस्तै सक्रिय संक्रमितको संख्या 8 हजार २5 पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ भनेआइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ । यस्तै हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ।
FACEBOOK COMMENTS