काठमाडौं । प्रगतिशील समाजवादी पार्टी (प्रसपा) नेकपा एमालेमा बिलय भएको छ । आज प्रसपा नेकपा एमालेमा बिलय भएको हो ।
प्रसपा नेकपा एमालेमा समाहित लगत्तै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला देशमा राजनीतिक अन्योल र संकट देखा परेको छ । मुलुकको राष्ट्रियता र लोकतन्त्र माथी धावा बोलिएको छ । यस्तो बेलामा प्रगतिशील राष्ट्रिय वाम लोकतान्त्रिक शक्तिहरु टुक्रिएर अलग वस्नु भन्दा एकीकृत हुँदै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न अत्यन्त आवश्यक देखिएको छ । त्यसैले देशमा रहेका विभिन्न शक्ति तथा समुहहरुलाई नेकपा (एमाले) मा गोलबन्द हुन आह्वान गर्दछौं । देशको सबभन्दा ठुलो दल नेकपा एमालेको नीति र नेतृत्वप्रती प्रतिबद्ध हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न वाम लोकतान्त्रिक आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेकपा ९एमाले०मा प्रगतिशील समाजवादी पार्टी समाहित गर्ने सहमति गरियो ।’
FACEBOOK COMMENTS