काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहि तराई भू-भागका केहि स्थानहरूमा हुस्सु लागेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै तराई भू-भागमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू -भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS