काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कैलालीको चुरे गाउँपालिका–६ का प्रेमसिंह ठगुन्ना र गोदावारी नगरपालिका–२ का किसनसिंह साउदविरुद्ध बिहीबार (पुस २४) विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा अख्तियारले ठगुन्ना र साउदलाई अदालतमा पेस गरेको थियो ।
तर, अदालतसमक्ष आयोगमा दिएको भन्दा व्यहोरा र तथ्य समेत हुने गरी प्रतिकूल बकपत्र गरेपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
दायर मुद्दामा उनीहरूसँग सात लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
FACEBOOK COMMENTS