काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका बहुमूल्य सामान र कागजातहरू सुरक्षित राख्नका लागि उपलब्ध गराएको लकर सेवामा विशेष छुट ३० प्रतिशतसम्म पुर्याएको छ । यो नयाँ योजना आउँदो माघ ६ सम्म लागू हुनेछ ।
ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत विशेष छुटको लाभ लिन सक्नेछन्। बैंकले देशभरका विभिन्न शाखामा ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकरहरू उपलब्ध गराएको छ ।
बैंकका अनुसार यस छुटले ग्राहकहरूले लकर सेवा प्रयोग गर्न अझ सरल र सहज अनुभव गर्नेछन्। लकर सेवाको थप जानकारीका लागि ग्राहकहरूले बैंकको नजिकको शाखामा सम्पर्क गर्न सकिनेछ ।
FACEBOOK COMMENTS