काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवाको साथ छाड्दै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
शनिबार छलफलका लागि आफ्नै निवासमा पुगेका महामन्त्री गगनकुमार थापासँग श्रेष्ठले विशेष महाधिवशेनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
श्रेष्ठ यसअघि पार्टी फुटाएर देउवाले कांग्रेस प्रजातान्त्रिक बनाएदेखि नै साथ दिएका थिए। त्यससमयमा उनी कांग्रेस प्रजातान्त्रिकको कार्यवहाक सभापति पनि भएका थिए ।
तर अहिले पार्टीमा विशेष महाधिवेशनको विवाद चर्किरहँदा देउवाको साथ छाड्दै गगनपक्षमा खुलेका छन् ।
उनी माओवादीसँग १२ बुँदे हस्ताक्षरमध्येका एक नेता पनि हुन्। श्रेष्ठले जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा राजसंस्थालगायत अन्य शक्तिहरूलाई निषेध गरेर जान नसकिनेसमेत भनेका थिए ।
FACEBOOK COMMENTS